Adbhut Milan (उपन्यास) 1.0 APK

Adbhut Milan (उपन्यास) 1.0 Icon
0/5
0 Ratings
Developer
Upayogi Apps
Current Version
1.0
Date Published
File Size
~50M
Package ID
com.upayogiapps.adbhutmilan
Price
$ 0.00
Downloads
13+
Category
Android Apps
Genre
Books & Reference

APK Version History

Version
1.0 (*)
Architecture
all
Release Date
June 02, 2023
Requirement
Android 4.4
  • Adbhut Milan (उपन्यास) Screenshot
  • Adbhut Milan (उपन्यास) Screenshot
  • Adbhut Milan (उपन्यास) Screenshot

About Radio FM 90s

यस अद्भुत मिलन उपन्यासलाई ०६३ सालतिर दिवाकर पौडेलद्वारा लेखिएको हो । यसको पहिलो संस्करण २०६५ सालमा प्रकाशित भएको थियो । नेपाली भाषामा प्रकाशित अन्य उपन्यासहरूभन्दा यसमा धेरै कुराको फरकपन भेटिन्छ । यसमा लेखन शैली , कथालाई प्रस्तुत गर्ने कला र विषयबस्तु उठान गर्ने तरिका एकदमै भिन्न छ । उपन्यासको सुरु, मध्य र अन्त्यमा मंगलाचरण गरिएको छ । जुन संस्कृत साहित्यका ग्रन्थहरूमा भेटिन्छ। अझ रोचक कुरा त के छ भने उपन्यासको सुरुवात पहिलो व्यञ्जनवर्ण " क" बाट सुरु गरेर अन्तिम वर्ण "ज्ञ " बाट समाप्त गरिएको छ । पात्रहरूको मिलनको आधारमा उपन्यासको अध्याय छुट्टाइएको छ । नेपाली परम्परा ,संस्कार , र संस्कृतिलाई प्रोत्साहन गर्ने गरी पात्रहरूको भूमिकालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । विभिन्न अध्यायमा कविता- गजलहरूको प्रयोगले उपन्यासलाई थप रोचक बनाएको छ । सामाजिक , आर्थिक , राजनैतिक , धार्मिक एवं सांस्कृतिक सबैजसो विषयवस्तुलाई समेट्ने गरी कथाको सिर्जना र एउटा छुट्टै महत्त्व दर्शाउने गरी उपन्यासको परिकल्पना गरिएको छ । यसका पात्रहरू काल्पनिक भए पनि जनताले भोग्दै आएका यथार्थ परक घटनाहरूलाई आदर्शोन्मुख तरिकाबाट प्रस्तुत गरिएको छ । अद्भुत मिलनले सामाजिक विसंगति , आर्थिक दुर्गति र राजनैतिक कुसंस्कारको विरुद्ध क्रान्ति ल्याउन प्रोत्साहन गरेको छ । प्रस्तुत उपन्यासमा आख्यानको समयावधि छोटो भए पनि धेरै स्मरणीय घटना-प्रसंगलाई समेटेको छ । जुन ठाउँको प्रसंगबाट उपन्यासलाई उठान गरिएको छ , त्यही ठाउँबाट नै समापन गरिएको छ । उन्यासमा ०६२/६३ को जन आन्दोलन , द्वन्द्वकालिन परिस्थिति एवं गरीबी र अभावको यथार्थपरक दयनीय अवस्थाको कलात्मक चित्रण रहेको छ । सात्विक प्रेमलाई प्रोत्साहन गर्दै शारीरिक भन्दा मानसिक मिलनलाई बढी महत्व दिइएको छ । व्यक्तिको विचार ,चिन्तन र स्वभाव असल हुनुपर्छ भन्ने उपन्यासको सन्देश रहेको छ। शारीरिक यातनाको साटो हृदय परिवर्तनलाई बढी प्रभावकारी देखाइएको छ । समाजलाई नैतिकता , आदर्श प्रेम र स्वराष्ट्रको आदर गर्न लगाउनु नै उपन्यासको मुख्य उद्देश्य रहेको छ

What's New in this version